Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

टेलिकमको सेवाको मर्मत सम्भारलाई चुस्त बनाउन आवश्यक : मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन्।

मन्त्रालयमा बुधबार भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व) को रुकुमकोट र रुकुम (पश्चिम) को मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पुर्‍याएर फाइबर टु द होम (एफटिटिएच) सेवाको शुभारम्भ गर्दै उनले टेलिकमले आफ्नो सेवाका साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन्।

उनले सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने बताइन् । उनले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासा रहेका भन्दै सो गुनासालाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पारिन्।

उनले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् । उनले यसलाई २४ घण्टा सेवामा पुर् याउन आवश्यक छलफल भइरहेको पनि जानकारी दिइन् ।
उनले रुकुम ९पूर्व० को रुकुमकोट र रुकुम (पश्चिम) को मुसिकोटमा फाइवर टु द होम सेवा पुर् आउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताएकी छन्।

त्यस्तै, सो क्षेत्रको रहनसहन र वेशभूषालगायत सबै सांस्कृतिक कुरालाई राज्यको मूल प्रवाहमा ल्याउनसमेत सहयोग पुग्ने बताइन् । मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र आइसक्ने बताइन्।

बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्र पुरा आइसक्ने लक्ष्य लिइएको बताइन् । उनले दूरसञ्चार सेवाको पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउन टेलिकम अगाडि बढेको उल्लेख गरिन्।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?