Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

टेलिकमको सेवाको मर्मत सम्भारलाई चुस्त बनाउन आवश्यक : मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन्।

मन्त्रालयमा बुधबार भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व) को रुकुमकोट र रुकुम (पश्चिम) को मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पुर्‍याएर फाइबर टु द होम (एफटिटिएच) सेवाको शुभारम्भ गर्दै उनले टेलिकमले आफ्नो सेवाका साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन्।

उनले सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने बताइन् । उनले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासा रहेका भन्दै सो गुनासालाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पारिन्।

उनले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् । उनले यसलाई २४ घण्टा सेवामा पुर् याउन आवश्यक छलफल भइरहेको पनि जानकारी दिइन् ।
उनले रुकुम ९पूर्व० को रुकुमकोट र रुकुम (पश्चिम) को मुसिकोटमा फाइवर टु द होम सेवा पुर् आउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताएकी छन्।

त्यस्तै, सो क्षेत्रको रहनसहन र वेशभूषालगायत सबै सांस्कृतिक कुरालाई राज्यको मूल प्रवाहमा ल्याउनसमेत सहयोग पुग्ने बताइन् । मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र आइसक्ने बताइन्।

बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्र पुरा आइसक्ने लक्ष्य लिइएको बताइन् । उनले दूरसञ्चार सेवाको पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउन टेलिकम अगाडि बढेको उल्लेख गरिन्।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?