Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सिआइबीले सार्वजनिक गर्याे बाल यौन दूराचारको आरोपी बम्जन


काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। सिआइबीले बुधबार ब्युरोको महाराजगन्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो। उनीमाथि बाल यौन दूराचारको आरोप छ। २०७१ सालदेखि उनको आश्रममा आनिको रूपमा रहेकी युवतीले बम्जनविरुद्ध बाल यौन शोषण गरेको भन्दै जाहेरी दिएकी थिएन्।

सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेलगत्तै बम्जन फरार भएका थिए। बम्जनकाे साथबाट प्रहरीले नेपालीसहित १८ देशका मुद्रा बरामद गरेको छ। सिआइबीका अनुसार बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको छ।

 


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?