Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नीति, नियम स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले संघीय निजामती ऐन नआउँदा कर्मचारीहरु उत्साहित भएर काम गर्न नसकेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् भने उनले निजामती कर्मचारी सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको समेत बताएका छन् ।

सचिव सिंहले निजामती सेवा ऐनमा २ वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भएपनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको बताए ।

उनले नीति र कानुन स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकेको बताउदै निजामती सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको समेत बताएका छन् ।

 


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?