Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सांसद्हरूले विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै सुरु भयो पूर्वाधार समितिको बैठक


काठमाडौं। केही बेर अवरुद्ध भएको संसद्को पूर्वाधार समिति बैठक पुनः सुरु भएको छ । सांसदहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै बैठक सुरु भएको हो ।

त्यसैगरी, ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताका विषयमा आफ्ना भनाइहरू राखिरहेका छन् ।

ऊर्जा मन्त्रालयले सम्झौताको डकुमेन्ट सांसद्‍हरूलाई उपलब्ध गराएको हो । यसअघि सांसदहरूले अध्ययनका लागि भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ नपाएसम्म बैठक अघि बढ्न नदिने अडान लिएपछि केही बेर अवरुद्ध भएको थियो ।

यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सम्झौता भएको थियो ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?