काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ । बिहीबार एक सूचना जारी गर्दै गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नदिने जानकारी गराएको हो ।
यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा कारबाही हुने बुढासुब्बाले जानकारी दिएको छ । तर, नेपालमा यसमा लेखिए जस्तो डिजिटल कपिराइट ऐन नामको कुनै ऐन नभएको पाइएको छ ।
प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार