Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

भ्रष्टाचारविरुद्धमा शून्य सहनशीलको नीति लिएका छौँः मन्त्री देउवा


सुदूरपश्चिम। सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन् ।
धनगढीमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न सबैको ऐक्यवद्धता र प्रतिवद्धताको आवश्यकता औल्याए । उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि सबैमा स्वअनुशासन, सदाचार र नैतिकता आवश्यक छ ।”
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले स्वअनुशासनमा बसेर काम गर्न सकिएमा धेरै हदसम्म अनियमितता रोकिने बताउँदै भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तरक्रियाबाट सरकारलाई योजना कार्यान्वयनमा सहजीकरण गर्न टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्    ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त डा हरि पौडेलले प्रचलित कानुन विपरीतको काम गर्न कसैलाई पनि छुट नहुने बताए । उनले भने, “आ–आफ्नो काम कर्तव्यप्रति जवाफदेही बन्नसक्नुपर्छ, निस्वार्थ ढङ्गले काम गर्दा कुनैपनि समस्या आउँदैन ।”
उक्त कार्यक्रममा उठाइएका जिज्ञासाको जवाफ दिनुहुँदै आयुक्त डा। पौडेलले बेनामी उजुरीले आयोग पनि पीडित रहेको उल्लेख गरे । उहानले थपे, “यस्ता उजुरीलाई पूरै रोक्न सक्ने अवस्था पनि छैन, न्यूनीकरण गर्ने प्रयासमा छौँ ।”
सो कार्यक्रममा प्रदेशसभाका सदस्य धर्मराज पाठक, गीतादेवी चौधरी र खेमादेवी विष्ट, प्रदेश सरकारका प्रमुख सचिव डा हरि लम्साललगायतले पनि भ्रष्टाचार नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमका सहभागी विभिन्न कार्यालयका प्रमुखले आयोगमा पर्ने गरेका बेनामी उजुरीले सुशासनमा असर पुर्‍याइरहेको, कतिपय मुद्दालाई तामेलीमा राख्ने कामले विकासका आयोजनाको थप काम अवरुद्ध हुने गरेको जस्ता समस्या देखिएकाले यसमा सुधार आवश्यक रहेको सुझाव समेत र्दिए । यसअघि आयोगको कञ्चनपुरस्थित कार्यालयका प्रमुख रमेशकुमार केसी र आयोगका सहसचिव ईश्वरीप्रसाद अर्यालले छुट्टा छुट्टै रुपमा प्रस्तुति गरेका थिए ।
सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा हालसम्म एक हजार तीन सय ७५ उजुरी दर्ता भएका छन् । जसमा सबैभन्दा बढी जिल्लागत रुपमा कैलाली, कञ्चनपुरका र मन्त्रालयगत रुपमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित रहेको जनाइएको छ ।

प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?