Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै


दोधारा चाँदनी,कञ्चनपुर। सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।

त्यस्तै, साहित्यकार जगदीश ओझाका अनुसार आजको दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ भने कन्दमूल खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किम्बदन्ती रहेको उनले बताए ।

सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवा पर्वका रुपमा समेत मनाउने गरिएको छ भने डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र थियो । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङ्ग्रिदो चिसो छल्न रातभरी आगो बालेर पौष्टिक आहार खाने प्रचलन रहेको साहित्यकार रमेश पन्त मीतबन्धुले बताए ।

त्यस्तै, मीतबन्धुले सुदूरपश्चिमको लोक मान्यता अनुसार पुस १५ सबै भन्दा ठुलो रात हुनेभएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने बताए । उनका अनुसार सुदूरपश्चिम र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ ।

साहित्यकार कविराज भट्टले पुस पन्ध्रको सांस्कृति एवं सामाजिक महत्त्व रहेको बताए । “यो रातमा बुढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ”, उनले भने, “एकआपसमा भेटघाट हुने, सामाजिक सद्भाव र एकता कायम राख्दछ ।” यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उनको भनाइ थियो ।

पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव हुनु, युवा पुस्तामा लोक संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको स्थानीय बताउँछन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?