Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै


दोधारा चाँदनी,कञ्चनपुर। सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।

त्यस्तै, साहित्यकार जगदीश ओझाका अनुसार आजको दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ भने कन्दमूल खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किम्बदन्ती रहेको उनले बताए ।

सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवा पर्वका रुपमा समेत मनाउने गरिएको छ भने डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र थियो । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङ्ग्रिदो चिसो छल्न रातभरी आगो बालेर पौष्टिक आहार खाने प्रचलन रहेको साहित्यकार रमेश पन्त मीतबन्धुले बताए ।

त्यस्तै, मीतबन्धुले सुदूरपश्चिमको लोक मान्यता अनुसार पुस १५ सबै भन्दा ठुलो रात हुनेभएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने बताए । उनका अनुसार सुदूरपश्चिम र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ ।

साहित्यकार कविराज भट्टले पुस पन्ध्रको सांस्कृति एवं सामाजिक महत्त्व रहेको बताए । “यो रातमा बुढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ”, उनले भने, “एकआपसमा भेटघाट हुने, सामाजिक सद्भाव र एकता कायम राख्दछ ।” यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उनको भनाइ थियो ।

पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव हुनु, युवा पुस्तामा लोक संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको स्थानीय बताउँछन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?