Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगको बिजुली


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा ५ करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ ।

जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ),।हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ),हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ) ,त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),को लाइन काटिएको छ ।

त्यसैगरी, जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ),कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ),घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ),बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), को लाइन काटिएको छ ।

शुक्रबार लाइन काटिएका १४ उद्योगसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी महशुल नतिरेपछि लाइन काटिने उद्योगको संख्या २३ पुगेको छ। प्राधिकरणले बक्यौता नतिर्ने ६१ उद्योगको बिजुली काट्ने बताएको छ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका उद्योगहरुको धमाधम लाइन काट्न थालेपछि उद्योगीहरू शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए।


प्रकाशित मिति: १४ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?