Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगको बिजुली


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा ५ करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ ।

जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ),।हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ),हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ) ,त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),को लाइन काटिएको छ ।

त्यसैगरी, जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ),कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ),घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ),बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), को लाइन काटिएको छ ।

शुक्रबार लाइन काटिएका १४ उद्योगसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी महशुल नतिरेपछि लाइन काटिने उद्योगको संख्या २३ पुगेको छ। प्राधिकरणले बक्यौता नतिर्ने ६१ उद्योगको बिजुली काट्ने बताएको छ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका उद्योगहरुको धमाधम लाइन काट्न थालेपछि उद्योगीहरू शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए।


प्रकाशित मिति: १४ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?