Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाए


विराटनगर। विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।

प्रहरीले मेसिन फुटाउँदै गर्दा विराटनगर-११ घर भई वडानम्बर-९ गुद्री बजारमा डेरा गरी बस्ने ३०वर्षीय मुकेशकुमार कामतलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास भएको बताए । ‘चोरी गर्ने उदेश्यले मेसिनको कभर फुटाएको देखिन्छ,’उनले भने,‘घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।’

त्यस्तै, मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको उनले बताए । गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।

 

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?