Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाए


विराटनगर। विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।

प्रहरीले मेसिन फुटाउँदै गर्दा विराटनगर-११ घर भई वडानम्बर-९ गुद्री बजारमा डेरा गरी बस्ने ३०वर्षीय मुकेशकुमार कामतलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास भएको बताए । ‘चोरी गर्ने उदेश्यले मेसिनको कभर फुटाएको देखिन्छ,’उनले भने,‘घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।’

त्यस्तै, मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको उनले बताए । गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।

 

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?