Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

के-के भयाे ‘लाइभ’ रोकेर बसेकाे कांग्रेस बैठकमा?


काठमाडौं।  कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बिहिबारकाे बैठक सकिएकाे छ । कांग्रेसले साउनदेखि केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण सुरु गरेको थियो भने त्यसबेला पार्टी सभापति शेरबहादुर देउवा स्वयंले लाइभ गर्न जोडबल गरेका थिए । मंसिरमा बसेको बैठक पनि लाइभ गरिएको थियो । उक्त पार्टीकोतर्फबाट मन्त्रीहरूको कामकारबाहीको समीक्षा सहितका एजेण्डामा छलफल गर्न बोलाइएको बैठकको कांग्रेसले बैठकको प्रत्यक्ष प्रसारण भने रोकिएको छ ।

यो पटक बैठक लाइभ गरिएको छैन । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लाइभ गर्ने प्राविधिक बाहिर भएको बताए । सो बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि सुरु हुने ‘समुदायमा कांग्रेस’बारे जानकारी गराएका छन् । क्रियाशील सदस्यता नवीकरणको फारम मंसिरमा पठाएको भए पनि जिल्ला सभापतिहरूले अगाडि नबढाएको उनले सुनाए । त्यस्तै, सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि अस्थायी टहरा बनाएको विषयमा जानकारी गराएका छन् ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?