Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेल बाग्लुङ महोत्सव समुद्घाट्न कार्यक्रम पछी आजै राजधानी फर्किने


बाग्लुङ। राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरिसकेका छन् ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन बुधबार बिहान यहाँ आएका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिर पुगेर बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक यहाँ आएका हुन् भने सो मन्दिर नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित रहेको छ । उनी सो मन्दिर पुग्दा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए । उनले आजै यहाँस्थित शालिग्राम सङ्ग्राहलयको अवलोकन समेत गरे ।

केही बेरपछि राष्ट्रपति पौडेलले गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को एक समारोहका बीच समुद्घाट्न हुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । राष्ट्रपति पौडेल आजै राजधानी फर्किनेछन्  ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?