Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताउनुभएको छ । काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताउनुभयो । राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उहाँले सुनाउनुभयो ।

बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुने र संविधानको संरक्षकको भूमिकामा रहेर आफूले त्यो भूमिका निर्वाह गर्ने बताउनुुभयो । नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, देवानसिंह राई र योगेन्द्र शेरचनको शालिकमा उहाँले माल्यार्पण गर्नुका साथै जकरण्ड नामको वृक्षरोपण गर्नुभएको थियो ।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, वाग्मती प्रदेशसभा सदस्य विमल ठकुरीलगायत सङ्ग्रहालय समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?