Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख रानामगर


बनियानी,झापा। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताइन् ।

त्यस्तै, विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ रहेको थियो । “हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु”, उनले भनिन्, “लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ ।” उनले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गरिन् ।

उक्त कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको थियो भने उनीहरुलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र समेत प्रदान गरिन् । कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रू १० लाख सहयोग प्रदान गरेका छन् ।

सो कार्यक्रममा सम्मानित एवं संस्थापक सचिव बराल र कोषमा सहयोगकर्ता विनोद बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । महासङ्घ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सुशीला सङ्ग्रौला, औचित्यमाथि प्रकाश उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?