Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम


अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । क्याल्सियमको कमी भइ बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो ।

वडा अध्यक्ष पौडेलका अनुसार पोषणयुक्त सामग्रीअन्तर्गत ४० जना आमालाई एक क्यारेट अण्डा र सुत्केरी महिलालाई एक–एकवटा तौलिया वितरण गरिएको थियो । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने अध्यक्ष पौडेलको भनाइ छ । उक्त अवसरमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण गरिएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडासदस्य खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ माविका प्रधनाध्यापक हिमलाल पौडेल, स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेललगायतले पोषणमैत्री वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?