Trending
>>   आज मिति २०८२ साल असार ०१ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल >>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

सत्ताबाट बाहिरिँदा कमन्डलु बोकेर निस्केका किशुनजी सम्झँदै कांग्रेस !


काठमाडाैं । कांग्रेसले औपचारीक कार्यक्रम गरेर कृष्णप्रसाद भट्टराईलाइ सम्झिएकाे छ । कांग्रेसले सानेपामा औपचारीक कार्यक्रम गरेर उनकाे सम्झना गरेकाे हाे। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं. १९८१ सालमा जन्मिएका थिए भने उनको २०६७ निधन भएको थियो। युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसदको पहिलो सभामुख चुनिएका थिए। उनी २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुनस्थानासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर निर्धारित एकवर्षमै संविधान बनाउन सफल भएका थिए।

वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपु र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए। २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री भनेर भट्टराईलाई निर्वाचनको मुख्य आकर्षण बनाएपछि उनी पर्सा एकबाट बिजयी भै छोटो समय प्रधानमन्त्री भएका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर अहिलेको राजनीतिमा जनताले कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेता खोजिरहेको बताँउछन । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा उनको योगदानको स्मरण गर्दै नेता महरले किशुनजीबाट आदर्शपूर्ण राजनीति सिक्नुपर्ने बताए।

‘उहाँले प्रधानमन्त्रीका रुपमा बाहिरिँदा एक कमन्डलु। एक छाता र बैशाखी बोकेर बाहिरिएको इतिहास हामीसामू छ। राजनीति जनताका लागि गर्ने हो। अहिलेका राजनीतिज्ञले किशुनजीको यो आदर्शबाट पाठ सिक्नुपर्छ,’ उनले भने।

 

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?