Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय: नेता महर


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केहि मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन्।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेता महरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनताको म्यान्डेटबाट चुनिएर संसदमा गएका नेता र मन्त्रीबाट अध्याधेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए।

‘सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो। वर्तमान सरकारकै केहि मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनु भएको छ। यो स्वीकार्य हुँदैन,’ उनले भने। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक केहि मन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको एक वर्ष पुग्दा पनि सरकारले अझैँ गति लिन नसकेको महरको टिप्पणी छ। ‘सरकारले युवाको पक्षमा काम गर्नुपर्थ्यो। त्यो हुन सकेको छैन। युवाहरूमा चरम निराशा बढ्दो छ। दिनहुँ एयरपोर्टमा विदेशीने युवाको लर्को थपिँदो छ। सरकारले युवाहरूको समस्या समाधानमा गम्भीर बन्नुपर्छ’, उनले भने।

नेपाली कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल भएकाले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दवाव दिनुपर्ने बेला आइसकेको उनले औंल्याए। अहिलेको राजनीतिमा जनताले कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेता खोजिरहेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा उनको योगदानको स्मरण गर्दै नेता महरले किशुनजीबाट आदर्शपूर्ण राजनीति सिक्नुपर्ने बताए।

‘उहाँले प्रधानमन्त्रीका रुपमा बाहिरिँदा एक कमन्डलु। एक छाता र बैशाखी बोकेर बाहिरिएको इतिहास हामीसामू छ। राजनीति जनताका लागि गर्ने हो। अहिलेका राजनीतिज्ञले किशुनजीको यो आदर्शबाट पाठ सिक्नुपर्छ,’ उनले भने।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?