Trending
>>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन: महासचिव पोख्रेल


विराटनगर।  नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मध्यपहाडी पुष्पलाल लोक मार्गको लम्बाई घटाउनु पर्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै, एलेको सङ्कल्प अभियानमा लोक मार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनु पर्ने पोख्रेलले बताएका छन् ।

उक्त यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति वृद्ध, वृद्धा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाइएको पोख्रेलले बताए भने सो यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि उनले बताएका छन् । यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए ।

सो यात्राको क्रममा जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको पोखरेलले बताए । उनले यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उनको भनाइ छ । पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटी बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै मध्य पहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएको पोखरेलले बताए ।

यात्राको क्रममा सुन्तला,स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाइभर्सनको काम भइरहेको उनले बताए । कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए । कोशी प्रदेशमा विरोधको स्वर सुनिएको बताउँदै उनले पहिचानको नाममा एमाले केन्द्रित विरोध भएको भए पनि जनताको तहमा त्यो खालको विरोध नसुनिएको उनले बताए । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भए पनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको बताए ।

उनले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएको बताए । त्यस कारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको  पोख्रेलले बताएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?