Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन


नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ । सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो । संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्सीय प्रदेशसभामा माओवादीका प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिकका तीन गरी आठ सदस्य छन् । माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेतामा चुमानलाई बनाउने र संसदीय दल बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । पार्टीको बैठकपछि संसदीय दलको बैठक बसेर दल नेता चुनेको हो । दलको नेतामा चयन हुनुभएका चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर तीन वर्ष काम गर्नुभएको थियो । उहाँ सो पार्टीका पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ ।

संसदीय दलको बैठकमा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक हितराज पाण्डेले आगामी संसद् बैठकमा जिम्मेवार भएर जनतामा समस्यालाई उठाउन निर्देशन दिनुभएको थियो ।


प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?