Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

विद्युतीय प्रणालीमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्बले घट्यो


काठमाडौं। विद्युतीय प्रणलीहरुमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ८ करोड ५८ लाख १९ हजार ८८५ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ३५ खर्ब ४६ अर्ब ७३ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एटीएममार्फत ३ खर्ब ४९ अर्ब ९९ करोड १ लाख, ईसीसीमार्फत ३ खर्ब ३५ अर्ब ५२ करोड ९ लाख, आइपीएसमार्फत २ खर्ब १८ अर्ब ३० करोड ९ लाख, कनेक्ट आइपीएसमार्फत १ खर्ब ३३ अर्ब १२ करोड ४ लाख, डेबिट कार्डमार्फत ९६ अर्ब ९ करोड २ लाख, क्रेडिट कार्ड मार्फत ९२ अर्ब ४० करोड १ लाख, प्रिपेड कार्डसमार्फत ३२ अर्ब १ करोड ७ लाख, इन्टरनेट बैङ्किङमार्फत २० अर्ब २४ करोड ६ लाख, मोबाइल बैङ्किङमार्फत १० अर्ब ९० करोड ६ लाख, ब्रान्चलेस बैकिङमार्फत ६ अर्ब २३ करोड ५ लाख, वालेटमार्फत १ अर्ब ६२ करोड ४ लाख, क्युआर पेमेन्टमार्फत १ अर्ब ३० करोड २ लाख, पीओएसमार्फत ८६ करोड ३ लाख र ई–कर्मसमार्फत ५९ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो महिना असोजमा मात्रै ४५ खर्ब ५१ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । असोजको तुलनामा कार्तिक महिनामा करिब १० खर्बको विद्युतीय कारोबार घटेको छ । कार्तिक महिनामा विद्युतीय माध्यमहरूमा सबैभन्दा बढी आरटीजीएस प्रणालीमार्फत २२ खर्ब ४७ अर्ब ४९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

 


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?