Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विद्युतीय प्रणालीमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्बले घट्यो


काठमाडौं। विद्युतीय प्रणलीहरुमार्फत हुने कारोबार एक महिनामा करिब १० खर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ८ करोड ५८ लाख १९ हजार ८८५ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ३५ खर्ब ४६ अर्ब ७३ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एटीएममार्फत ३ खर्ब ४९ अर्ब ९९ करोड १ लाख, ईसीसीमार्फत ३ खर्ब ३५ अर्ब ५२ करोड ९ लाख, आइपीएसमार्फत २ खर्ब १८ अर्ब ३० करोड ९ लाख, कनेक्ट आइपीएसमार्फत १ खर्ब ३३ अर्ब १२ करोड ४ लाख, डेबिट कार्डमार्फत ९६ अर्ब ९ करोड २ लाख, क्रेडिट कार्ड मार्फत ९२ अर्ब ४० करोड १ लाख, प्रिपेड कार्डसमार्फत ३२ अर्ब १ करोड ७ लाख, इन्टरनेट बैङ्किङमार्फत २० अर्ब २४ करोड ६ लाख, मोबाइल बैङ्किङमार्फत १० अर्ब ९० करोड ६ लाख, ब्रान्चलेस बैकिङमार्फत ६ अर्ब २३ करोड ५ लाख, वालेटमार्फत १ अर्ब ६२ करोड ४ लाख, क्युआर पेमेन्टमार्फत १ अर्ब ३० करोड २ लाख, पीओएसमार्फत ८६ करोड ३ लाख र ई–कर्मसमार्फत ५९ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो महिना असोजमा मात्रै ४५ खर्ब ५१ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । असोजको तुलनामा कार्तिक महिनामा करिब १० खर्बको विद्युतीय कारोबार घटेको छ । कार्तिक महिनामा विद्युतीय माध्यमहरूमा सबैभन्दा बढी आरटीजीएस प्रणालीमार्फत २२ खर्ब ४७ अर्ब ४९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

 


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?