Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग


काठमाडौं। औषधि व्यवस्था विभागले कामको विश्वसनियताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको मानङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।

उक्त विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्कताको दुई तह मात्र छ । ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन लगायतका मानाङ्कलाई हेरेर तह निर्धारण गर्ने गरिन्छ ।

सो विभागले स्तरोन्नतीका लागि विभागले कानुन संशोधन, प्रदेशस्तरमा कार्यालय, दक्षजनशक्ति थप र प्रयोगशालाको क्षमता बढाउने कार्य गरिरहेको छ । “हाम्रो क्षमता अनुसार अहिले हामी परिपक्कताको दुई तहमा रहेका छौँ” उनले भने, “परिवक्कताको तीन तहमा जाने हाम्रो योजना हो । त्यही अनुसार अहिले हामीले काम गरिरहेका छौँ ।”

त्यस्तै, तीन तहको परिपक्कता पुगेपछि विभागले गरेका निर्णय परिपक्क हुने, अन्यले मान्ने खाले हुने, निष्पक्ष, पारदर्शीता र औषधि गुणस्तरिय हुने उनको भनाइ रहेको छ । परिपक्कताको चार तहमा पुगेपछि डब्लुचएओले सूचिकृत गर्ने गरेको छ भने औषधि पसल, आयुर्वेदिक पसलको अनुगमनका गर्नका लागि विभागसँग प्रयाप्त मात्रामा जनशक्ति रहेका छैनन् ।

उक्त विभाग अहिले प्रदेशस्तरमा पनि जान सकेको छैन । काठमाडौं बाहिर विराटनगर, वीरगञ्ज र नेपालगञ्ज मात्र विभागको कार्यालय छ । सो विभागमा अहिले एक सय १५ जनशक्ति छन् । “हामीसँग एकदमै थोरै जनशक्ति रहेका छन्” उनले भने, “यसले गर्दा हामीले उद्योग, औषधि पसलको प्रयाप्त मात्रामा अनुगमन गर्न सकेका छैनौँ ।”

उक्त विभागमा अहिले स्वदेशी एक सय ५० उद्योग दर्ता र पाँच सय विदेशी कम्पनी दर्ता छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?