Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो


काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ५५ अङ्कले उकालो लागेर एक हजार नौ सय ९४ दशमलब ६० मा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य छ अङ्कले उकालो लागेर तीन सय ७६ दशमव ३६ मा पुगेको छ । उक्त कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

त्यस्तै, कूल ९६ लाख ३७ हजार चार सय ५५ कित्ता शेयर रु तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ भने सो कम्पनीको रु १६ करोड चार लाख ७८ हजार चार सय ३१ मूल्य बराबरको कारोबार भयो ।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड ४९ लाख ८८ हजार सात सय ९१, हाथवे इन्भेस्टमेन्ट रु नौ करोड १३ लाख ७९ हजार आठ सय ३५, शिवम् सिमेन्ट रु नौ करोड १२ लाख १९ हजार सात सय ५८ र आइएमई लाइफ इन्स्योरेन्स रु सात करोड ७५ लाख ८४ हजार तीन सय १२ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया र नेपाल इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, गुराँस लघुवित्त चार दशमलव ९८, मानुषी लघुवित्त चार दशमलव ७८, सिवाइसी नेपाल लघुवित्त चार दशमलव शून्य चार, माछापुच्छ्रे बैंकको ऋणपत्र तीन दशमलव ९६ र ग्लोबल आइएमई ब्यालेन्सका शेयर मूल्य तीन दशमलव ७५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?