Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

शेयर बजार ३६ अङ्कले बढ्यो


काठमाडौं। शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६.८६ अङ्कले बढेर १ हजार ९ सय ८५.४४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ भने बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सीवाईसी नेपाल लघुवित्तको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ भने आज १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?