Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एनआईसी एसिया र एनएमबी बैंकले घटाए ब्याजदर


काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।

त्यसैगरी, एनआईसी एसिया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । सो बैंकले न्यूनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ भने एनआईसी एसियाले पुस महिनाका लागि संस्थागत मुद्दती निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।

त्यस्तै, एनएमबी बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । अब एनएमबीले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको हो । त्यस्तै, पुस महिनाका लागि एनएमबी ले संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशत सम्म ब्याज दिने जनाएको छ ।

त्यस्तै, एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर आज सोमबार अर्थात् मंसिर २५ गतेदेखि नै लागू हुने जनाएको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?