Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

एनआईसी एसिया र एनएमबी बैंकले घटाए ब्याजदर


काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।

त्यसैगरी, एनआईसी एसिया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । सो बैंकले न्यूनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ भने एनआईसी एसियाले पुस महिनाका लागि संस्थागत मुद्दती निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।

त्यस्तै, एनएमबी बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । अब एनएमबीले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको हो । त्यस्तै, पुस महिनाका लागि एनएमबी ले संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशत सम्म ब्याज दिने जनाएको छ ।

त्यस्तै, एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर आज सोमबार अर्थात् मंसिर २५ गतेदेखि नै लागू हुने जनाएको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?