Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

त्रिवि शिक्षण अस्पताल परिसरमा पोइजन सूचना केन्द्र ’ स्थापना


काठमाडाैं। बीस सेवन गरेर मृत्युको मुखमा पुगेकाहरुलाई बचाउने उदेश्यसहित त्रिवि शिक्षण अस्पतालमा पोइजन इन्फरमेसन सेन्टर’ ( बिष सूचना केन्द्र ) स्थापना गरिएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सो केन्द्रको को उदघाटन गरेका छन् । त्रि.वि. शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । बिष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरु मार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालमा बीष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनिय काम गरेको बताए ।

मन्त्री बस्नेतले भने, ‘यो सेन्टरले बीष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिन कै काम गर्ने छ । ’ त्रिवि शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनिय काम गरिरहेको भन्दै विपन्नको उपचारलाई अझ प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । देशका ७ सय ५३ वटै पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यका साथ बिगतमा एकै साथ सिलान्यास गरिए पनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका बिषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको मन्त्री बस्नेतले बताए । आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि स्वास्थ्य क्षेत्र सुधारका विभिन्न योजनासँगै स्वास्थ्यमा जनशक्ति थप गर्ने योजनालाई उच्च प्राथमिकता दिएकाले निकट भविश्यमै स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न लागेको बस्नेतले दावी गरे । विसं २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी बढेको थिएन । मन्त्री बस्नेतले भने , ‘ यो पटक धेरै मेहनत पछि दरबन्दी थप हुने कुराको टुंगो लागेको छ ।

संख्याका बिषयमा छिट्टै जानकारी आउला ।’ नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिसतसम्म बीष सेवन गरेर हुने गरेको जानकारी दिए । त्रिबि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउदै बताउदै बिष सेवन पछिको उपचारका बिषयमा कुनै जानकारी लिनु परेमा ०१ ४५०२०११ मा फोन गर्न सकिने जानकारी दिए । कार्यक्रममा अर्का चिकित्सक डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताए । उनले बिस सेवन पछिको उपचारका बिषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको दावी गरे । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा. दीव्या सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.दीनेश काफ्लेको पनि उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?