Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गुल्मीमा घट्यो सुन्तला उत्पादन


गुल्मी। कृषि ज्ञानकेन्द्र गुल्मीले गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम भएको प्रक्षेपण गरेको छ । गत वर्षभन्दा ११.८७ प्रतिशतले सुन्तला उत्पादन घटेको प्रक्षेपण गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन् ।

उनका अनुसार गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष १२ करोड ८४ लाखको मात्र निर्यात हुने अनुमान गरिएको छ । गत वर्ष ५८८ हेक्टर उत्पादनशील क्षेत्रफलमा ६,८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यो वर्ष ६२३ हेक्टर क्षेत्रमा ६,५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको भण्डारीले बताए । गत वर्ष बढी उत्पादन भएका कारण कारण यो वर्ष कम उत्पादन देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । यस वर्ष फले सुन्तलाका आकार साना छन् । फल पनि पातलो छ । त्यसैले उत्पादन घटेको कृषि ज्ञान केन्द्रको भनाइ छ भने जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

परम्परागत विधिबाट खेती

जिल्लाका प्रायजसो सबै पालिकाहरुमा सुन्तला खेती गरिएता पनि सुन्तला उत्पादनका लागि धुर्कोट गाउँपालिकाका नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाका लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट र रेसुङ्गा नगरपालिकाका भाडगाउँ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् ।

त्यस्तै रुरुक्षेत्र गाउँपालिकाका मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट, गुल्मी दरवार गाउँपालिकाका गौडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाका अर्बेनीको देउराली, लम्सराङ, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाका रेमी र हरेवा र मदाने गाउँपालिकाको भनभने सुन्तला उत्पादन हुने पकेट क्षेत्र हुन् ।

ती क्षेत्रमा धेरैजसो परम्परागत विधिबाट सुन्तला खेती हुँदै आएको छ । ९५ प्रतिशतभन्दा बढी सुन्तला बगैचा बिजुबोटकै छन् भने जसको कारण फेद कुहिने, जरा कुहिने रोग लगायतका रोगको बढी समस्या देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले बताएका छन् । त्यस्तै, गुल्मी जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा कृषकहरुको स्वलगानी, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह, केही गैह्रसरकारी संस्था मार्फत १ सय ३० हेक्टर जग्गामा सुन्तला रोपिएको थियो ।

अधिकांश बगैचामा मलखाद र सुक्ष्म तत्वको अभावका कारण पात पहेँलिने, छिर्केमिर्कै हुने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, रसिलो फल नलाग्ने, फल सानो हुने, फलका बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएका छन् ।

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?