Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

भारत–चीन लिपुलेक सहमतिपछि नेपालको प्रतिक्रिया :सम्झौता मान्य छैन


काठमाडौं । भारत र चीनले नेपाललाई जानकारी नदिई पुनः लिपुलेक नाका प्रयोग गरेर सीमा व्यापार खोल्ने सहमति गरेपछि नेपाल सरकारले तीव्र असन्तुष्टि जनाएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको ३ बुँदे विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको संविधानमै स्पष्ट उल्लेख भइसकेको भन्दै सो क्षेत्रमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह गरेको छ।

मन्त्रालयले लिपुलेक नेपालको भूमि भएको विषय चीनलाई समेत जानकारी गराइसकिएको स्मरण गराउँदै सीमा विवाद समाधान कूटनीतिक बाटोमार्फत गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

भारतका सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्तापछि तीन नाकाबाट (लिपुलेक, सिप्की ला, नाथुला) सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको हो।

यसअघि पनि भारत–चीनले नेपाललाई बाइपास गर्दै यस्तै सहमति गरेका थिए, जसको नेपालले विरोध गर्दै आएको छ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?