Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भारत–चीन लिपुलेक सहमतिपछि नेपालको प्रतिक्रिया :सम्झौता मान्य छैन


काठमाडौं । भारत र चीनले नेपाललाई जानकारी नदिई पुनः लिपुलेक नाका प्रयोग गरेर सीमा व्यापार खोल्ने सहमति गरेपछि नेपाल सरकारले तीव्र असन्तुष्टि जनाएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको ३ बुँदे विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको संविधानमै स्पष्ट उल्लेख भइसकेको भन्दै सो क्षेत्रमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह गरेको छ।

मन्त्रालयले लिपुलेक नेपालको भूमि भएको विषय चीनलाई समेत जानकारी गराइसकिएको स्मरण गराउँदै सीमा विवाद समाधान कूटनीतिक बाटोमार्फत गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

भारतका सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्तापछि तीन नाकाबाट (लिपुलेक, सिप्की ला, नाथुला) सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको हो।

यसअघि पनि भारत–चीनले नेपाललाई बाइपास गर्दै यस्तै सहमति गरेका थिए, जसको नेपालले विरोध गर्दै आएको छ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?