Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सङ्कटा जात्रा मनाइयो


काभ्रेपलाञ्चोकको पनौतीमा फागु पूर्णिमाको अवसरमा सङ्कटा जात्रा मनाइएको छ । यो जात्रा खासगरी यस क्षेत्रमा बसोबास गर्ने आचार्य र प्रधान समुदायका मानिसले मनाउँछन् । जात्रा फागु पूर्णिमाको दिन बिहानै पनौतीको सङ्कटा मन्दिरबाट सुरु भई विभिन्न मठमन्दिरको बाजागाजासहित परिक्रमा गरी पुनःसोही मन्दिर पुगी प्रसाद वितरणपछि समापन हुन्छ ।

पौराणिककालदेखि नै मनाइने भएपछि केही समय मनाउन छाडिएको यो जात्रा २०६७ सालदेखि स्थानीय युवा र भिन्तुना ग्रुपको सक्रियतामा फेरि सुरु भएको जात्रा व्यवस्थापन समितिका सदस्य रोशनकुमार श्रेष्ठले बताउनुभयो । मन्दिरमा आचाजु अर्थात कर्माचार्यद्वारा पुजाआराधाना हुँदै आएको छ । पारिवारिक सुख शान्ति र सम्वृद्धिको कामनाका साथै मेलमिलाप र सङ्कट मोचनको कामना गदै जात्रा मनाउने चलन छ । सङ्कटा जात्रामा एकआपसमा अबीर लगाएर खुसी साटासाट गरी होली पर्व मानाइन्छ । जात्रालाई अबीर जात्रासमेत भनिने समितिका संयोजक विक्रम प्रजापतीको भनाइ छ ।

विगतमा जस्तै यसवर्ष पनि रातो पहिरनमा सजिएका महिलाले पुजा सामग्रीसहित जात्रायात्रा र पूजाआराधाना गरेका छन् । जात्राको मुख्य पूजारीमा सत्यनारायण कर्माचार्य रहनुभएको थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?