Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

आज मिति २०८० साल मंसिर १५ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८० साल मंसिर १५ गते शुक्रवार(DEC 01, 2023) मार्ग कृष्णपक्षचतुर्थी १५:३० बजेसम्म त्यसपछी पञ्चमी

मेष – आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ। माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ। व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ। भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ। बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ। प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ।

बृष – स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला। व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ। परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन्। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला। माया प्रेममा धोका हुनेछ। अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ।

मिथुन – व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ। नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ। पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ। नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा पति पत्नी बीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ।

कर्कट – साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ। व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ। अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन्। माया प्रेमको डोरो कसिलो भएर जानेछ। प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन्।

सिंह – दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ। पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ। स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ। माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ।

कन्या – समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ। बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न। पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ। माया प्रेममा धोका हुनेछ भने पति पत्नी विच मनमुटाव सिर्जना हुने योग रहेकोछ।

तुला – स्वास्थ्यले साथ दिने हुदा शाहसिलो काम गर्न सकिनेछ। व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउनेछ। नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउन सकिनेछ। प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ। अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ। मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ।

बृश्चिक – बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ। पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ। परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ। व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ। माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ।

धनु – सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धहरुले तपार्ईँको साख गिराउन खोज्नेछन्। खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ। घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ।

मकर – विवादित विषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ। व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ। दाजुभाइ तथा छिमेकीसँग गरीने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ। पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ।

कुम्भ – व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। आत्मिय मित्र तथा साभिभाई हरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ। अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ। बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ।

मीन – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन। सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ। प्रेममा सफलता तथा सामिप्यता बड्नेछ। बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?