Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

मल्कबाङमा स्वास्थ्यचौकी भवन


म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसँगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ । वल्र्डवाइड मालीका भगवती जेभीले विसं २०७४ मङ्सिर २७ मा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी भ्याट बाहेक रु एक करोड ९० लाखमा स्वास्थ्यचौकी भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना महामारी, निर्माण सामग्री ढुवानीमा भएको समस्या लगायतका कारण निर्धारित समयभन्दा ढिला गरी भवन निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले जनाएको छ ।

भवन निर्माण सम्पन्न भएपछि स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष अमर छन्त्याल र स्वास्थ्यचौकी प्रमुख जगदेवी छन्त्याललाई भवन हस्तान्तरण गरिएको कार्यलयका इञ्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार, निर्माणधीन भवन परिसरमा निर्माण गर्न थालिएको खेलमैदानदेखि गएको पहिरोले स्वास्थ्यचौकी भवन जोखिममा परेपछि पक्की पर्खाल र ग्याबिन जाली लगाएर संरक्षणको काम गरिएको छ । अन्तिम पटक गत पुस मसान्तसम्मका लागि थप भएको समयसिमाभित्र निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपछि कार्यालयको तर्फबाट जाँच गरिएको थियो । नवनिर्मित दुई तलाको १३ कोठे भवनमा बिरामीको उपचारका लागि शय्या, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था छ । भवनको रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम सम्पन्न भएपछि नवनिर्मित भवनबाटै स्वास्थ्यचौकीको सेवा प्रवाह गर्ने तयारी गरिएको स्वास्थ्यचौकीका प्रमुख छन्त्यालले बताउनुभयो ।

यस स्वास्थ्य चौकीबाट करिब दुई सय ५० घरधुरीले स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् । वडा नं ५ को मल्कबाङसँगै मलम्पार र भेडीखाल्टाका स्थानीयवासीले यस स्वास्थ्यचौकीबाट उपचार सेवा लिने गर्छन् । भवन निर्माणले दुर्गम बस्तीको रुपमा चिनिएको मल्कबाङको स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो । “पूर्वाधार अभावमा जीर्ण कच्ची भवनबाट स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता थियो, साँघुरो कोठाबाट सेवा लिँदा सेवासमेत प्रभावित बनेको थियो, अब नवनिर्मित भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समेत सहज रुपमा स्वास्थ्य उपचार सेवा लिने सुविधा हुने अपेक्षा गरेका छौँ”, स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष छन्त्यालले भन्नुभयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?