Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लैङ्गिक समानता कायम गर्न तीनवटै तहका सरकार क्रियाशील हुनुपर्ने : मन्त्री आचार्य


१३ ,मङ्सिर ,काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले लैङ्गिक समानताका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

लैङ्गिक समानतासम्बन्धी आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री आचार्यले लैङ्गिक समानता कायम गर्न सरकारी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताए ।

“राजनीतिकस्तरमा देशमा तीन तहको सरकार छ । सङ्घले मात्र काम गरेन भनेर पुग्दैन लैङ्गिक समानता कायम गर्ने कार्यक्रम राज्यका तीनै तहले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ”, उनले भने ।

मन्त्री आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले अन्याय, हिंसामा परेका महिलाका पक्षमा आवाज उठाउन आह्वान गरे । उनले भने, “लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई देशव्यापी रुपमा सञ्चालन गरेर हिंसापीडित महिलालाई सघाउन सबैले हातेमालो गर्नुपर्छ ।”

कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिले दिगो विकासका १७ वटा लक्ष्यमा आधारित भएर काम गरिरहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य अनिता ढुङ्गानाले १६ औँ पञ्चवर्षीय योजनामा लैंगिक सशक्तीकरण र सामाजिक समावेशीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिलालाई आर्थिकरूपमा सशक्त बनाउनुपर्ने बताए ।

योजनामा रोजगारीमा आरक्षण, उद्यमशीलता प्रवर्द्धन, सहुलियतपूर्ण ऋण तथा वित्तीय पहुँच विस्तारमा उनले जोड दिए ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?