Trending
>>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि !
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

राजमो बागलुङको अध्यक्षमा ढुङ्गाना चयन


नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुङ्गाना चयन हुनुभएको छ । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनले आइतबार ढुङ्गानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिनुभएको छ । सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दीपक थापा चयन हुनुभएको छ । राजमो नेकपा मसालको चुनावी मोर्चा हो । दुई पार्टी एक नीति चलाएको राजमो बागलुङको यसअघिका तीन अधिवेशनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो ।

जिल्लामा अन्य पार्टीमा जस्तै राजमोमा पनि नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । जिल्लामा क्रियाशील नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)मा पनि युवा पुस्ताले नेतृत्व पाएका छन् । लामो समयपछि राजमोले नेतृत्व परिवर्तन गरेको हो । अधिवेशनले ३५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ । त्यसबाहेक ११ सदस्य रहेको वैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुङ्गो लगाएको छ । यसअघिका अध्यक्ष थापासहित ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

जिल्ला कमिटी सदस्यमा कृष्ण पौडेल, नेत्रबहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिलबहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरिबहादुर थापा, लोकनाथ शर्मा, तीर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, विष्णु बस्नेत, पनबहादुर विक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टीकासङ्गम विक, खडक विक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र ईश्वरमान विक चयन हुनुभएको छ । वैकल्पिक जिल्ला सदस्यमा प्रेमप्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जङ्गबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन हुनुभएको छ । यस्तै, सल्लाहकारमा अमर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टङ्कबहादुर केसी, टेकबहादुर आरसी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टीकाराम शर्मा चयन हुनुभएको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?