Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

आज मिति २०८० साल मंसिर ३ गते आइतवार ,हेर्नुहोस आजको राशिफल


आज मिति २०८० साल मंसिर ३ गते आइतवार( nov 19, 2023 ) कार्तिक शुक्लपक्ष षष्ठी ०७:५२ बजेसम्म त्यसपछी सप्तमी ०५:३९ बजेसम्म त्यसपछी अष्टमी

मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ। आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ। व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ। अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ। भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ।

वृष – पर्यटकीयय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको योग रहेको छ। व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ। मायाप्रेम तथा पति पत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ। पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ।

मिथुन – मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयुक्त हुनेछ किनकी आज आउने फैसला तपाईंको पक्षमा हुनेछैन। व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ। खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न असजिलो हुनेछ। नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ। पुराना समस्या पुनः बल्झन सक्छ वा ऋण लाग्नेछ, ध्यान दिनुहोला। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ।

कर्कट – व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ। मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन। वौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ। खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ।

सिंह – सामाजिक काम गर्दा ध्यान दिनुहोला, प्रतिस्पर्धीहरुले तपाईंको साख गिराउन खोज्नेछन्। खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हाँसिल हुन मुस्किल रहेको छ। घर जग्गा तथा स्थाई सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समय मध्ययम रहेको छ।

कन्या – व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्ने छैन। यात्रा गर्दा विशेष ख्याल गर्नुहोला, गन्तव्य पहिल्याउन मुश्किल पर्नेछ। मायाप्रेममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ। आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर न्यायिक कामहरु नगर्नुहोला समय तपाईंको पक्षमा रहेको छैन। खेलकुद तथा साहसिलो क्षेत्रमा पनि तपाईँको पक्षमा नतिजा नआउन सक्छ।

तुला – अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्। आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धीमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्। प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ। बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

बृश्चिक – सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ। पठन पाठनमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ। व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साँघुरिनेछन्। माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ।

धनु – आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ। व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनिति अपनाउनुहोला। माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविस्वास बढ्ने योग रहेको छ। खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने छ। लामो दुरीको विदेश यात्रा तय हुनेछ।

मकर – विभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ। आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ। बैक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ।

कुम्भ – राज्यबाट अनावश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा नगर्दिनाले महत्वपूर्ण उपलब्धी गुम्न सक्छ। व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साँघुरा भएर जानेछन्। अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धी अरुकै पोल्टोमा पर्नेछ। माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेको छ। आफ्नो धन सम्पत्तिमा अरुले नै अधिकार जमाउन खोज्नेछन्, ध्यान दिनुहोला।

मीन – आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलब्धीमुलक कामहरु गर्न सकिनेछ। लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ। धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुनसक्छ। खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ। प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ।


प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?