Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

जाजरकोटकाे भेरी नगरपालिकामा राहत वितरण रोकियो


जाजरकोट । जाजरकोटकाे भेरी नगरपालिकाले राहत सामाग्री वितरण कार्य स्थगन गरेकाे छ । नगरपालिकाले एक सुचना जारी गर्दै राहत सामाग्री वितरण कार्य स्थगन गरेकाे हाे ।गत कार्तिक १७ गते राति गएकाे भुकम्प बाट जिल्लामा ठुलाे धनजनको क्षति भई प्रभावित परिवारहरूलाई राहत वितरण गर्दै आएकाेमा तथ्यांकहरूकाे एकिन गर्ने भन्दै वितरण कार्य स्थगन गरिएकाे छ ।

साथै राहत अपुग भएका अति संवेदनशील गर्भवती तथा सुत्केरी महिला र दिर्घराेगीहरूले आफ्नाे विरामी पहिचान गर्ने सम्बन्धित अस्पतालकाे बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण र सम्बन्धित वडा कार्यालयकाे सिफारिस सहित निवेदनका साथ मात्र कार्यालयमा सम्पर्क राख्न र अन्य राहत प्राप्तिका विषयमा जानकारी लिन आ आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेकाे छ ।


प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?