Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम थालियो


चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो । त्यस्तै, तराई भूपरिधि कार्यक्रमको सहयोगमा निकुञ्जभित्रको ६२ हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुखिभार र भिम्ले क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ । रु सात लाखको लागतमा सो काम सुरु गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जभित्रको तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालेको छ । उनका अनुसार घाँसेमैदान व्यवस्थापनका क्रममा त्यहाँ रहेका विभिन्न किसिमका बोटबिरुवाको अध्ययन अनुसन्धानसमेत गरिँदै छ भने निकुञ्जको आफ्नै स्रोतबाट चालु आर्थिक वर्षमा तीन सय ७० हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । सूचना अधिकारी तिवारीका अनुसार रु ४० लाख ७० हजारमा बोलपत्र स्वीकृत भई काम सुरु गर्ने तयारी गरिएको हो ।

उक्त निकुञ्जभित्रको जिप सफारी हुने बाटो आसपासका क्षेत्र, खुल्ला चौरहरु, तालका छेउहरु, सुखिभार क्षेत्र, सौराहा प्रवेश गर्ने कछुवानी क्षेत्रलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जभित्र १० हजार हेक्टर घाँसेमैदान रहेको छ भने तीमध्ये मुस्किलले एक हजार हेक्टरमात्र व्यवस्थापन गर्न सकिएको तिवारी बताउछन् । उनले भने, “कोभिडअघि सम्म घाँसेमैदानमा रु तीन करोडभन्दा बढी खर्च गर्ने गथ्र्यौं । अहिले रु एक करोडसमेत खर्च गर्न पाएका छैनौँ ।” नियमित घाँसेमैदानको व्यवस्थापन गर्न नसक्दा निकुञ्जभित्रका दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजाति जरायोसहित मृग प्रजाति प्रभावित भएका छन् । निकुञ्जभित्र उपयुक्त घाँसेमैदान नभएमा गैँडा बस्ती छिरेर दुःख दिने गर्दछ । घाँसेमैदान व्यवस्थापनको बजेट कटौती हुँदा यसको असर मध्यवर्तीका बासिन्दामा हुने गरेको छ । सो निकुञ्जले अग्ला ढड्डी र घाँस काटेर, ट्र्याक्टरले जोतेर र नियन्त्रित आगो लगाएर घाँसेमैदानको व्यवस्थापन गर्दै आएको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?