Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

यूएई भ्रमण स्थगित गरेर निरन्तर भूकम्पप्रभावित क्षेत्रमा उपप्रधानमन्त्री खड्का


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुग्नुभएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत करिव एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ ।

उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित हुनुहुन्छ । उहाँले भूकम्पपीडितको उद्धार, राहित र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरिसक्नुभएको छ ।उहाँ हाल भूकम्पप्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा निरन्तर खटिनुभएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?