Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

नेकपा उपत्यका ब्युरोले गर्यो ३२ लाख बराबरको राहत संकलन, आजै महासचिवलाई हस्तान्तरण गर्ने


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभाबितका लागि ३२ लाख बराबरको राहत संकलन गरेको छ। काठमाडौंको कपुरधारास्थित नेकपा उपत्यका ब्युरो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि समग्र ब्युरो अन्तर्गतका जिल्लाहरुबाट नगद १ लाख ३३ हजार सहित ३२ लाख बराबरको राहत संकलन गरिएको जानकारी दिएको हो।

बुधबार पार्टी कार्यलयमा संकलित राहत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति सीले समग्र उपत्यका ब्युरोबाट ३२ लाख बराबरको राहत सङ्कलन गरिएको बताए ।

उनले भने, ‘शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाइ गएको विनाशकारी भुकम्पको क्षती पश्चात पार्टीको उपलब्ध स्थायी समिती सदस्य तथा केन्द्रिय सदस्यहरुको आपतकालीन संयुक्त बैठकको निर्णय अनुसार देशैभरका जिल्ला ब्युरो पार्टीहरुलाइ पिडितको राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन थियो। त्यही अनुसार हाम्रो ब्युरो पनि लागिपर्यो पिडितहरुप्रती उपत्यकाका जनता, व्यापारीहरुले देखाएको सदासयता पार्टी कमिटीको अथाह मेहेनतले आज पीडितहरुको घाउमा थोरै भएनी मलाम लगाउन सफल भएका छौं।’

पार्टी केन्द्रको आफ्नो केन्द्रिय उत्पादनबाट भुकम्प प्रभावितहरुलाई खाद्यान्न र नगत दिने निर्णयसंगै हामीपनी राहत संकलन कार्यमा जुट्यौ तर राज्यको कथित एकद्वार प्रणालीको उर्दीले राहत संकलनमा अवरोध भयो, प्रशासनको अवरोधका बावजुद पनि पिडितहरुका लागि यति मात्रामा राहत जम्मा गर्न सफल भयौ भन्दै दाताहरुप्रति आभार व्यक्त गरे।

‘राज्यले भनेको एकद्वार प्रणालीले राहत सामाग्री वास्तविक पीडितसम्म नपुग्ने पुगेपनी आफ्ना मान्छे मात्र पोस्ने काम भएको गुनासोहरु सुनिएको बताए। एकद्वार प्रणालीले आफ्ना कर्मचारी तन्त्र र आफ़न्तहरुलाई पोस्ने मात्र काम हुन्छ भ्रस्टाचार, अनियमितताको खतरा बढी हुन्छ यो गलत छ,’ उनले भने।

उनले आफ्नो ब्युरोले संकलन गरेको सम्पूर्ण जिन्सी पार्टी महासचिव समक्ष आजै हस्तान्तरण गर्ने र बाँकी नगत दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने समेत जानकारी दिए।

ब्युरो अन्तरगतका जिल्लाहरुमा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्यहरुको कमाण्डमा सुरु गरिएको राहत संकलन अभियानमा ज्ञानु सी, राजकुमारी सी, बन्धु सी, भृकुटी सी, बिहानी सी, सुरेन्द्र सी, सुदर्शन सी, डीआर लगाएतका नेताहरुले नेतृत्व गरेका थिए भने अभियानमा पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता थियो ।

संकलित राहत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य बिपिन सी, भृकुटी सी, बिहानी सी, सुदर्शन सी, राजकुमारी सी लगाएतको उपस्थिती रहेको थियो।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?