Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक


शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले पुस्तकको लोकार्पण गर्नुभयो । साहित्यकार गुरुङ करिब चार दशकदेखि पोखराको शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । प्याब्सन, नेल्टा र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष रहनुभएका उहाँ हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष रहनुभएको छ ।

कार्यक्रममा वरिष्ठ सहित्यकार सरुभक्तले भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा रत्नमान उदाएको जनाउँदै गुरुङ भाषा विज्ञान जस्तो गहन विषयमा कृति प्रकाशन गरेकामा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो,“साहित्यकार र भाषाविद् हुनु फरक कुरा हुन् । हाम्रा मातृभाषा लोपोन्मुख अवस्थामा पुगिरहेका छन् । भाषिक समुदाय वर्गीकृत भएर होइन, एकीकृत भएर अघि बढ्नु पर्छ । ” कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा। कुसुमाकर न्यौपानेले नेपाली र अंग्रेजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गर्नुभयो । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत्त चर्चा गरिएको छ र यसैगरी दोस्रो भागमा गुरुङ वाक्यविज्ञानसम्बन्धी उल्लेख गरिएको छ । कार्यक्रममा पुस्तकका लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तकको सिर्जना भएको र क्रमशः ध्वनिविज्ञान, वर्णविज्ञान, अर्थविज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताउनुभयो ।

कार्यक्रममा गीतकार तथा तुम धीँ युकेका सल्लाहकार एकेन्द्र गुरुङ, कृतिका प्रकाशक भक्तिदेवी गुरुङ, गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका पूर्व अध्यक्ष सुन्दर गुरुङ, शिक्षाविद् जर्ज जोन, साहित्यकार रुपिन्द्र प्रभावी, तमु धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कवि चित्रकुमार गुरुङ लगायतले पुस्तकको समीक्षा गर्नुभयो ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?