Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

गालीगलौजको प्रवृत्तिले कांग्रेस कमजोर भएको गुनासो


१९ ,कात्तिक ,भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रुपमा एकले अर्कालाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ को दधिकोटमा आज आयोजना गरिएको प्रथम सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीभित्र उत्पन्न विभिन्न गुटउपगुटका कारण पार्टी कमजोर भएको बताए ।

उनले भने, “एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्दा पार्टी कमजोर भएकाले यस्ता गतिविधि रोक्नुनुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पार्टी विधानसम्मत् रुपमा चल्न सके सबै समस्या समाधान हुने औल्याए ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नयाँ पार्टीले चाहेर पनि कांग्रेसको इतिहास मेटाउने नसक्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, भक्तपुर क्षेत्र नं २ प्रदेश सभा ख का सभापति ओमप्रकाश श्रेष्ठ, भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्की, क्षेत्र नं १ का सभापति जीवन खत्री, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए ।

त्यस अवसरमा कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?