Trending
>>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पढ्दै उद्यमी बन्दै


विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो । अनुदान आयोगले छानेको क्याम्पसमा भरतपुरको सप्तगण्डकी बहुमुखी , प्रेसिडेन्सी र सहिद स्मृति क्याम्पस रहेका छन् ।

देशभरबाट १८ क्याम्पस अनुदान आयोगले छनोट गरेको हो । देशभरका उत्कृष्ट शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाका लागि छनोट गरेको हो । यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् । उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न रु पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् । छनोटमा परेका विद्यार्थीले देश तथा विदेशमा गएर उद्यमशीलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् । तालिमका लागि प्रतिविद्यार्थी रु ५० हजार र पाठ्यक्रमको विकास गर्न क्याम्पसले रु १५ लाख प्राप्त गर्ने सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा कपिलदेव सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पढ्दै र कमाउँदै कार्यक्रमलाई उच्च शिक्षामा प्रयोग गर्न खोजिएको हो । यसका लागि क्याम्पसले विद्यावारिधि गरेका प्राध्यापक नियुक्त गरेर काम सुरु गर्नुपर्छ । यो नयाँ अवधारणाअनुसार आएको योजना हो । विद्यार्थीले ३० देखि ६० घण्टासम्म उद्यमशीलता तालिम पनि यो योजनाको लागि लिनुपर्ने हुन्छ ।” उहाँले क्याम्पसहरूले पाएको यो राम्रो अवसर भएकाले यसलाई सहीरूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?