Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार


नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्वको क्षेत्रमा सहजै इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षाको अनुभूति गरेका छन्”, उहाँले भन्नुभयो, “विशेषगरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटनापछिको खोजी, उद्धार, प्रसूति, सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेका छन् ।”

धौलागिरि बेसक्याम्प जाने पर्यटकका लागि पछिल्लो पटक बगरको डाँडामा राखिएको फोरजी टावरले सहयोग पुगेको छ । यहाँबाट गुर्जाघाट र ढोरपाटनको उत्तरी भेगमा टेलिफोन, मोबाइल र इन्टरनेट चल्न थालेको छ । “गाउँमा फोन लाग्दैनथ्यो, मोबाइलमा कुराकानी गर्न डाँडामा पुग्नुपर्ने समस्या थियो”, धवलागिरि–४ बगरका चित्र तिलिजाले भन्नुभयो, “अहिले घरमै बसेर इन्टरनेट चलाउन पाइएको छ ।” मुक्तिनाथ, लोमान्थाङ, थोराङ्ला भज्ञ्याङ, रुकुम सिमानाको पातीहाल्ने, निसेलढोरलगायतमा पनि इन्टरनेट सेवा विस्तार भएको हो । टेलिकमले मुस्ताङको लोमान्थाङ, कोरला नाका र चराङलगायत उच्च बस्तीमा पनि फोरजी सेवा विस्तार गरिसकेको छ ।

ती स्थानमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक पनि सयौँको सङ्ख्यामा जान थालेकाले टेलिकमले सेवा विस्तार गरेको हो । बागलुङमा ६२ टावरमा टुजी, थ्रीजी ५७ र फोरजी ५४ वटा टावरमा जडान भएका छन् । म्याग्दीमा २२ टुजी, २१ थ्रीजी र १४ वटा फोरजी सेवा विस्तार भएको छ। मुस्ताङमा भने ३१ टुजी, २६ थ्रीजी र २४ वटा फोरजी टावरबाट सेवा सञ्चालनमा छ । पर्वतमा २८ टुजी, २१ थ्रीजी र २६ वटा फोरजी टावरसहितको सेवा विस्तार गरिएको बागलुङ टेलिकम शाखाले जनाएको छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?