Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती


जुम्ला। हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् । यहाँका आठवटै स्थानीय तहमा दुई हजार नौ सय ५० हेक्टरमा मार्सीधानको खेती हुने गरेको जिल्लास्थित कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार यस वर्ष धान खेतीमा ब्लाष्ट रोग लागेकाले गत वर्षभन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । त्यस्तै मार्सीधान कात्तिकको पहिलो साता नै काटेर भित्राइसकेका किसान सुनिता पाण्डेले बताए । “सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी”, उनले भने, “यसको स्वादका साथै रोगसँग प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ ।”

राणाशासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौंसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधान बालीमा ब्लाष्ट रोगले उत्पादनमा कमी आएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिएका थिए भने   तातोपानीको वडा नं ४, ५ र ६ का फाँटमा बढी ब्लाष्ट रोगले क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?