Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती


जुम्ला। हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् । यहाँका आठवटै स्थानीय तहमा दुई हजार नौ सय ५० हेक्टरमा मार्सीधानको खेती हुने गरेको जिल्लास्थित कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार यस वर्ष धान खेतीमा ब्लाष्ट रोग लागेकाले गत वर्षभन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । त्यस्तै मार्सीधान कात्तिकको पहिलो साता नै काटेर भित्राइसकेका किसान सुनिता पाण्डेले बताए । “सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी”, उनले भने, “यसको स्वादका साथै रोगसँग प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ ।”

राणाशासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौंसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधान बालीमा ब्लाष्ट रोगले उत्पादनमा कमी आएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिएका थिए भने   तातोपानीको वडा नं ४, ५ र ६ का फाँटमा बढी ब्लाष्ट रोगले क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?