Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड


कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ । प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन् । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरी संरक्षणमा जोड दिइरहेको बताउनुभयो । गाउँपालिकाको विसं २०७५ कात्तिकमा बसेको कार्यपालिका बैठकले ध्वाँसे चितुवालाई गाउँपालिकाको स्थानीय जनावर घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा जनचेतना जगाउँदै प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम आयोजना गर्न गाउँपालिका कार्यालयलाई आग्रह गरिने उहाँले बताउनुभयो । प्रकृतिका साथीहरु संस्थाका प्रमुख राजु आचार्यले उक्त गाउँपालिकाभित्र ध्वाँसे चितुवाको अध्ययन विभिन्न कोणबाट भइरहेको जानकारी दिनुभयो । संस्थाले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरण तथा राहतस्वरुप अक्षयकोष स्थापना गर्न नगद सहयोग गरेको वडाअध्यक्ष गुरुङले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसलाई रु दुई लाख प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

अक्षयकोषबाट प्राप्त ब्याजले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि राहत प्रदान गरिने भएको छ । तल्लो अन्नपूर्ण क्षेत्रको एक हजार चार सयदेखि तीन हजार पाँच सय मिटर उचाइमा पाइने ३० प्रजातिमध्ये यो विश्वव्यापीरूपमा संवेदनशील सूचीमा छ । आइयुसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको छ । सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ । कार्यक्रममा मादी–१ सिक्लेसका उमरबहादुर गुरुङ सन्तोषलाई ध्वाँसे चितुवा संरक्षणदूतका रुपमा संस्थामार्फत प्रमाणपत्र प्रदान गरिएको थियो ।


प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?