Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

राष्ट्रिय समाचार समिति (रासस)कर्मी विजय रावत पुरस्कृत


जुम्ला।  स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार जुम्लाका क्रियाशील पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) जुम्ला संवाददाता विजय रावतलार्ई प्रदान गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा रावतलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक वर्ष जुम्ला र बाँके जिल्लाका क्रियाशील पत्रकारलाई रू १० हजार राशिको उक्त पुरस्कार वितरण गर्दै आएको छ । आज आयोजित पुरस्कार वितरण कार्यक्रममा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं र नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले विकट स्थानमा बसेर पत्रकारिता गरिहेकालाई पुरस्कारले हौसला दिने काम गरेको टिप्पणी गरे ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?