Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

लागुऔषध दुर्व्यासन विरुद्धको अभियानका लागि महोत्सव


चितवन ।  नारायणगढको नारायणी नदी किनारमा लागुऔषध दुर्व्यासन विरुद्धको अभियानका लागि महोत्सव हुने भएको छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपालको सह–आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८०’ हुन लागेको हो । महोत्सव मङ्सिर ६ गतेदेखि १६ गतेसम्म हुनेछ र लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ युनाइटेडका अध्यक्ष रबिनकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवबाट आर्थिक स्थिति कमजोर भएका ३० जना महिला तथा पुरुष लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचारको लक्ष्य लिइएको उनले बताए ।

उनका अनुसार महोत्सवमा स्कुल तथा कलेजका विद्यार्थीलाई सहभागी गराई लागुऔषध विरुद्धका प्रतियोगितात्मक नाटक, कविता, वादविवाद र गायन तथा नृत्य कार्यक्रम सञ्चालन गरिने छन् । लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने मुख्य उद्देश्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवर्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ रहेको थियो । महोत्सवमा दुई सय ५० भन्दा बढी स्टलहरु रहने मूल समिति संयोजक महेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्टल बुकिङ खुला भइसकेको र महोत्सव परिसरमा नै सचिवालय स्थापना गरिने र त्यहीबाट इच्छुक उद्योगी व्यवसायीले स्टल बुकिङ गर्न सकिने जानकारी दिए । यसले घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवर्धन तथा बजारीकरण, स्थानीय स्रोत साधन तथा मौलिक परम्परा, स्थानीय स्तरको पहिचान, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण तथा प्रबर्धनमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।

सो महोत्सवमा ख्यातिप्राप्त कलाकारले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । दैनिक पाँच हजारका दरले महोत्सव अवधिभर ५० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ भने महोत्सव सम्पन्न गर्न रू ५७ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको आयोजकले जानकारी दिएको छ भने रिकभरिङ युनाइटेडले हालसम्म एक हजार पाँच सय जना लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गरिसकेको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?