Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

युनेस्कोको सिर्जनशील सहरको सूचीमा छानियो काठमाडौं


काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौं सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत भएको छ । युनेस्कोले आफूमातहत रहेको रचनात्मक सहर सञ्जालमा काठमाडौंलाई पनि जोडेको हो । सञ्जालमा यसअघि नै एक सयभन्दा धेरै देशबाट ३५० वटा सहरहरू संलग्न छन् भने यसपटक अरु ५५ सहर थपिएका हुन् । त्यसमध्ये काठमाडौं चलचित्र विधाबाट सिर्जनशील सहरका रूपमा सञ्जालमा जोडिएको हो । रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छनोट गरेको र सञ्जालमा जोडिएको महानगरपालिकाले जनाएको छ । सञ्जालमा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको बताइएको छ । महानगरपालिकाका अनुसार रचनात्मक सहरका सबै विधाहरू काठमाडौंसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले यो विधा छानेको हो । जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्त्विक रोचक कथाका कारण काठमाडौंलाई रचनात्मक सहरका रूपमा हेर्ने गरिएको छ ।

सञ्जालमा जोडिएपछि अब अन्तर्राष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने अपेक्षा गरिएको छ । यसवर्ष थपिएका ५५ सहरमध्ये सङ्गीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार)  मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?