Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’


धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियान्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् । हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियान्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर सङ्कलनका लागि डस्टबिन राखेका हुन् ।

मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहर बढ्ने भएकाले पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको मेची महाकाली सरसफाइ अभियान नेपालका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार डस्टबिन राख्ने कार्यमा मनका कुरा, नेप्लिज टिन्स, विराट पोखरी सरोवरलगायतका संस्था संलग्न छन् । “विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइका साथै आर्थिक अवस्था कमजोर भएका र असहाय नागरिकको उद्धार गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । पाथीभरा क्षेत्रमा यसअघि पनि सरसफाइको काम गरेको उहाँको भनाइ छ । डस्टबिन व्यवस्थापनमा फुङ्लिङ नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले सहयोग गरेको थियो । मन्दिर जाने मार्गमा प्लाष्टिकका वस्तु, पेय पदार्थका खोल तथा मोजा यत्रतत्र देखिन थालेकाले सरसफाइ गरिएको अभियान्ता प्रकाश दाहालले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न पेसा व्यवसायी र वैदेशिक रोजगारमा गएका युवाको सहयोगमा डस्टबिन खरिद गर्ने गरिएको छ । तीर्थयात्रीले डस्टबिनमा फोहर फाल्नुको सट्टा जथाभावी फाल्ने गरेकाले फोहर बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । पाथीभरा मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आउने जाने गर्दछन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?