Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेपालगञ्जमा रामलीला सुरु हुँदै


२८ ,असोज ,काठमाडौँ । नेपालगञ्जमा डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला यस वर्ष आजदेखि सुरु हुँदैछ । रामलीला मञ्चन गर्न भारतको वृन्दावनबाट राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतका कलाकार टोली शनिबार यहाँ आइपुगेको छ ।

भारत वृन्दावन धामका श्री जगदीशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोली नेपालगन्ज आइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।

उनका अनुसार कलाकारको स्वागत तथा रामलीला महोत्सवको प्रचारका लागि आज दिउँसो २ बजेदेखि रामलीला मैदानबाट शोभायात्रा सञ्चालन गरिने छ भने राति आठ बजे रामलीलाको एक सय ५६औैँ संस्करण विधिवतरूपमा उद्घाटन गरिने छ ।

“यो वर्ष पनि विगतका वर्षमा जस्तै धुमधामले रामीलला महामहोत्सव सञ्चालन गर्ने तयारी पूरा गरेका छौँ”, अध्यक्ष कनोडियाले भने, “आजबाट सुरु हुने रामलीलाले नैतिक शिक्षा दिन्छ । जुन अहिलेको परिवेशमा निकै आवश्यक छ ।”

रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ । नेपालगन्जको ऐतिहासिक र धार्मिक परम्पराका रूपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

ठूलो सङ्ख्यामा नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको उनको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गरेका छन् ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?