Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

नेपालगञ्जमा रामलीला सुरु हुँदै


२८ ,असोज ,काठमाडौँ । नेपालगञ्जमा डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला यस वर्ष आजदेखि सुरु हुँदैछ । रामलीला मञ्चन गर्न भारतको वृन्दावनबाट राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतका कलाकार टोली शनिबार यहाँ आइपुगेको छ ।

भारत वृन्दावन धामका श्री जगदीशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोली नेपालगन्ज आइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।

उनका अनुसार कलाकारको स्वागत तथा रामलीला महोत्सवको प्रचारका लागि आज दिउँसो २ बजेदेखि रामलीला मैदानबाट शोभायात्रा सञ्चालन गरिने छ भने राति आठ बजे रामलीलाको एक सय ५६औैँ संस्करण विधिवतरूपमा उद्घाटन गरिने छ ।

“यो वर्ष पनि विगतका वर्षमा जस्तै धुमधामले रामीलला महामहोत्सव सञ्चालन गर्ने तयारी पूरा गरेका छौँ”, अध्यक्ष कनोडियाले भने, “आजबाट सुरु हुने रामलीलाले नैतिक शिक्षा दिन्छ । जुन अहिलेको परिवेशमा निकै आवश्यक छ ।”

रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ । नेपालगन्जको ऐतिहासिक र धार्मिक परम्पराका रूपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

ठूलो सङ्ख्यामा नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको उनको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गरेका छन् ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?