Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

भीम आदर्शमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान


भक्तपुर । भीम आदर्श आधारभूत विद्यालय लिवाली ८ मा शुक्रबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा शुभकामना आदानप्रदान गरियो । सोही कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कोजूले दशैंको समयमा खानपान र सरसफाईमा चनाखो भएर आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीहरुको सिकाई र व्यवहारप्रति अभिभावकले विद्यालयमा समयसमयमा शिक्षकहरुसँग सल्लाह र परामर्श गर्नुपर्ने बताउनुभयो ।

उहाँले अभिभावकको सहजताको लागि मोबाइल फोन बालबालिकालाई दिँदा तिनीहरुको भविष्यमाथि खेलबाड गरिरहेको बताउँदै विद्यार्थीहरुको शारीरिक खेलकुद क्षमता र सीपको विकासका लागि भक्तपुर नगरपालिकाले संचालन गरिरहेको व्याडमिन्टन, टेबलटेनिस तथा उसु लगायत विभिन्न खेलहरुको तालिम संचालन बारे जानकारी दिनुभयो ।

सोही कार्यक्रमको सभापति तथा विद्यालयका प्रअ दीपक माकले विद्यालयको भौतिक अवस्था र शैक्षिक वातावरण सुधार भइरहेको जानकारी दिँदै विद्यार्थीहरुको शैक्षिक उपलब्धीहरुलाई आफै सिक्न अभिप्रेरित गर्ने अभियानमा शिक्षक, विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।उहाँले विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले अन्य विद्यालयमा उच्चतम अंक वा ग्रेडका साथ उच्चशिक्षामा राम्रो गरिरहेको बताउनुभयो । सोही कार्यक्रम विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य तथा सत्यराम कासिछ्वा लगायत विद्यालयका विद्यार्थी खशी लामाले दशैंको अवसरमा शुभकामना दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल सरकार द्वारा प्रदान गरिएको छात्रा छात्रवृत्तिमा विद्यालयमा अध्ययनरत १७ जना छात्राहरु र ४ जनालाई दलित छात्रवृत्ति भक्तपुर नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले वितरण गर्नुभयो । सोही कार्यक्रममा २०७४ सालको वार्षिक परीक्षा कक्षा ७ उत्तीर्ण गरी बागिश्वरी माविमा निरन्तर अध्ययन गरेर कक्षा १२ मा उच्च ग्रेडमा उतीर्ण पूर्व विद्यार्थी सनिल सिजख्वलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार सहित सम्मान गर्नुभयो । दशैं शुभकामना प्रदानप्रदान गरिएको सोही कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?