Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

भीम आदर्शमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान


भक्तपुर । भीम आदर्श आधारभूत विद्यालय लिवाली ८ मा शुक्रबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा शुभकामना आदानप्रदान गरियो । सोही कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कोजूले दशैंको समयमा खानपान र सरसफाईमा चनाखो भएर आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीहरुको सिकाई र व्यवहारप्रति अभिभावकले विद्यालयमा समयसमयमा शिक्षकहरुसँग सल्लाह र परामर्श गर्नुपर्ने बताउनुभयो ।

उहाँले अभिभावकको सहजताको लागि मोबाइल फोन बालबालिकालाई दिँदा तिनीहरुको भविष्यमाथि खेलबाड गरिरहेको बताउँदै विद्यार्थीहरुको शारीरिक खेलकुद क्षमता र सीपको विकासका लागि भक्तपुर नगरपालिकाले संचालन गरिरहेको व्याडमिन्टन, टेबलटेनिस तथा उसु लगायत विभिन्न खेलहरुको तालिम संचालन बारे जानकारी दिनुभयो ।

सोही कार्यक्रमको सभापति तथा विद्यालयका प्रअ दीपक माकले विद्यालयको भौतिक अवस्था र शैक्षिक वातावरण सुधार भइरहेको जानकारी दिँदै विद्यार्थीहरुको शैक्षिक उपलब्धीहरुलाई आफै सिक्न अभिप्रेरित गर्ने अभियानमा शिक्षक, विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।उहाँले विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले अन्य विद्यालयमा उच्चतम अंक वा ग्रेडका साथ उच्चशिक्षामा राम्रो गरिरहेको बताउनुभयो । सोही कार्यक्रम विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य तथा सत्यराम कासिछ्वा लगायत विद्यालयका विद्यार्थी खशी लामाले दशैंको अवसरमा शुभकामना दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल सरकार द्वारा प्रदान गरिएको छात्रा छात्रवृत्तिमा विद्यालयमा अध्ययनरत १७ जना छात्राहरु र ४ जनालाई दलित छात्रवृत्ति भक्तपुर नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले वितरण गर्नुभयो । सोही कार्यक्रममा २०७४ सालको वार्षिक परीक्षा कक्षा ७ उत्तीर्ण गरी बागिश्वरी माविमा निरन्तर अध्ययन गरेर कक्षा १२ मा उच्च ग्रेडमा उतीर्ण पूर्व विद्यार्थी सनिल सिजख्वलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार सहित सम्मान गर्नुभयो । दशैं शुभकामना प्रदानप्रदान गरिएको सोही कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?