Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

सुन तस्करीले सुधारको बाटोः अनाधिकृत व्यक्तीको प्रवेश रोक्न त्रिवि कार्गोमा फ्ल्याप गेट !


काठमाण्डौ: त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले आज बुधवारवाट कार्गो भवनमा प्रवेशकालागि फल्याप गेट संचालनमा ल्याएको छ।अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट संचालनमा ल्याइएको हो। प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘बाई’ पास वाहकले मात्र यो गेट पार गर्न सक्छन्

गत श्रावण २ गते कार्गो भवनबाट गाडीको ब्रेक शु भित्र लुकाई छुपाई अवैध सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाई गरेको हो। उक्त घटनामा अनाधिकृत व्यक्तीको प्रवेश देखिएपछि विभिन्न निकायको शिफारिशका आधारमा भन्सार कार्यालयले कार्गो विल्डींगं प्रवेशका लागि फल्याप गेट संचालनमा ल्याएको हो ।

त्रिभुवन विमानस्थल प्रवेशकालागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ। कार्गो भवन प्रवेशकालागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको हो सर्वसाधारणहरु आफ्नो मालवस्तु छुटाउनका लागि भन्सार एरियामा प्रवेश गर्नु परेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ

हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटो सहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए। यसबाट अनाधिकृत व्यक्तीको प्रवेश र अवैध सामान आयात अन्त्य हुन्छ पाण्डेले भने “यसका लागि हामीले मापदण्ड तयार पारी यो पास वितरणलाई व्यवस्थित गरेका छौं

भन्सार कार्यालयले यस अघि विमानस्थलको यात्रु आवागमन तर्फ बहमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष संचालनमा ल्याएको थियो । यद्यपि पछिल्लो समय अवैध सुन तथा मालबस्तु ल्याई दर्जनौं व्यक्तीहरु कानूनी कार्वाहीमा पर्ने क्रम नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?