Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

कीर्तिमानी आरोही तेन्जेन शिसापाङ हिमपहिरोमा परी बेपत्ता


काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा लामा तिब्बतस्थित शिसापाङ हिमालमा जादा हिमपहिरोमा परी बेपत्ता भएका छन् । उनले ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानीबनाएका थिए । पुर्जाको नाममा रहेको सो कीर्तिमान तेन्जेन र नर्वेजियन आरोही क्रिष्टिना हारिलाले यसै वर्ष मात्रै तोडेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २० असोजका दिन करिब १ बजे गएको हिम पहिरोमा परी अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता छन् ।

नेपाल पर्वतारोहण संघको सचिवालयका अनुसार तेन्जेन उनै कीर्तिमानी आरोही गाइड हुन्, जसले नर्वेजियन आरोही क्रिष्टिना हारिलासँग तीन महिना ९२ दिनको अवधिमा संसारका ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरी छिटो यस्तो आरोहण गर्ने आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । यो रेकर्ड २७ जुलाई २०२३ मा बनेको हो । हिमपहिरोमा नेपाली गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्नु गुटु बेपत्ता भएकोमा उनीहरुको सोही दिन निधन भएको छ । यस घटनामा कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा घाइते भएको पर्यटन मन्त्रालयले जनाएको छ । हराइरहेका, घाइते आरोही तथा गाइडको खोज तथा उद्दारका लागि मन्त्रालयले पहल गरिरहेको समेत जनाएको छ ।

 


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?